राती राती भए पनि घाम आउँछ रे तिम्रो घरमा
परदेशीकै भए पनि खाम आउँछ रे तिम्रो घरमा ।

धेरै रैछन् नातागोता धेरै रैछन् चिनजानका
त्येसैले त नयाँ नयाँ काम आउछ रे तिम्रो घरमा ।

पूजापाठ गर्नलाई मन्दिर को त कुरै छोडौँ
खोज्दै खोज्दै तिम्लाई चारै धाम आउँछ रे तिम्रो घरमा ।

सुनेको छु सुख मानी साथ दिने पाइला पाइला
आज भोलि कलियुगका राम आउँछ रे तिम्रो घरमा ।
यो मन जस्तै त्यो मन भैदिएको भए
कष्टरहित जीवन भैदिएको भए ।

किन आँखा आँसु झाथ्र्याे, किन मुटु रुन्थ्यो ?
हामी बाँच्ने एउटै आँगन भैदिएको भए ।

जून बनाउँथे उनलाई तारा बनाउँथे
मेरै धर्ती मेरै गगन भैदिएको भए ।

हासाउँथे रिसाउँथेँ खुसी बनाउँथेँ 
हामी बिचमा अटुट बन्धन भैदिएको भए ।
ज्यान बचाउन नहुँदो रहेछ थाहा भयो
त्यो त आँदो रहेछ थाहा भयो ।

पुच्छर समाउँदा टोकेको हो मलार्ई
सपेरा टाउको समाउँदो रहेछ थाहा भयो ।

मैले भगवान् मानेर पूजा गर्ने मूर्ति
एक अछुतले बनाउँदो रहेछ थाहा भयो ।

जात बेजात अनि विवादहरूको माला
ज्ञानीहरूले पो लगाउँदो रहेछ थाहा भयो ।

अपराध गरेर अपराधी सरकारमा लुक्न जान्छ
लुटिसकेपछि गाउँ बजारमा लुक्न जान्छ 

जित्छु भन्दै खेल्दै घरबास उठेपछि
के गरोस् बदमास, कारागारमा लुक्न जान्छ 

आफू सहिद भएको खबर रेडियोमा सुनेदेखि
डराइरहन्छ प्रत्येक समाचारमा लुक्न जान्छ 

मुखिया हुँ भन्छ, बेथिति मिलाउँछु भन्छ
किन मुलुकको हरेक अत्याचारमा लुक्न जान्छ ?
अमन चयन चाहिन्छ शान्ती चाहिन्छ
उमेर अनुसार बाच्न आफन्ती चाहिन्छ 

मर्न एक्लै बाच्न एक्लै सकिने
तर बिवाह गर्दा किन जन्ती चाहिन्छ 

खोइ कुरा बुजेको नारा लाउदैमा देश बन्दैन
पढ्नु पर्छ पाढाउनु पर्छ शिक्षामा क्रान्ती चाहिन्छ

साचो हो मूर्ख हरुले ईतिहास मेटाउदा रहेछन
बुझियो घरभित्र पनि बाबू सामन्ती चाहिन्छ ।