भेट्दिन भन्छ्यौ म त, हेरि चित्त बुझाउछु
पहिले जस्तो थिए त्यस्तै, फेरि चित्त बुझाउछु


तिमी टाडा भए पनि यादहरु म संग नै छ
त्यसैलाई अंगालोमा, बेरि चित्त बुझाउछु


भाग्यमा जो लेखिएको हुन्छ त्यहि मात्र
तिमी होइनौ रै छ भनि, मेरि चित्त बुझाउछु


छैन जिन्दगिमा अरु अघि पछि तिमी भन्दा
एक्लो जिवन, आफ्नै गला, सेरि चित्त बुझाउछु ।

No comments:

Post a Comment