राती राती भए पनि घाम आउंछरे तिम्रो घरमा
परदेशीकै भए पनि खाम आउंछरे तिम्रो घरमा

धेरै रैछन नाता गोता धेरै रैछन चिनजानका
त्यसैलेत नया नया काम आउंछरे तिम्रो घरमा

पुजा पाठ गर्नलाई मन्दिर धाउन पर्ने रैन्छ
खोज्दै खोज्दै तिम्लाई चारै धाम आउंछरे तिम्रो घरमा

सुनेको छु तिमीलाई साथदिन पाइला पाइला
आज भोली कलि युगका राम आउंछरे तिम्रो घरमा ।

Kindle Wireless Reading Device, Wi-Fi, Graphite, 6" Display with New E Ink Pearl Technology
जिन्दगीमा बगाउ म आँसु कतिनजेल

मृत्यू सैया माथी बसि हाँसु कतिनजेल


निस्टुरी को झुटो माया सम्झि सम्झि एकान्तमा

निर्जिब तस्बिर छाती माझ टाँसु कतिनजेल


पुरानो भै मैले देको माया च्यातियो रे

नजोडिने नाता तानि गाँसु कतिनजेल


यादै यादमा सारा जिबन अल्झाएर रािख

आफ्नो घरबार आफैले नै नाँसु कतिनजेल ।



घरि घरि नहेर न माया लाग्छ फेरि

मन परि नहेर न माया लाग्छ फेरि


कहिले यता कहिले उता लुका मारि जस्तो

सरि सरि नहेर न माया लाग्छ फेरि


लजाएर निहुरि दिन्छौ छिन्मै रिसाए झै

आंखा तरि नहेर न माया लाग्छ फेरि


अरुसगं बोल्छौ तर नजर मलाई छड्के

गरि गरि नहेर न माया लाग्छ फेरि ।