हुन्छ भने तिमीलाई, लिएर जान्छु
हुन्न भने मुटु फिर्ता, दिएर जान्छु

तिमी देखि छुट्टिएर बाच्नु ब्यर्थ हुन्छ
आफ्नै हातले पिलाउ बिष, पिएर जान्छु

तिम्रो लागी केहि, गर्न नसके नि
जबर जस्ति पागल, भएर जान्छु

समयको चक्र जति घुमे पनि
कहिले नभेटिने कसम, खाएर जान्छु ।


Sigh No More


जिउदै मरेको मान्छे म, जे गरे नि  हुन्छ
हेला गरेको मान्छे म, जे गरे नि हुन्छ

अरु संग बाचा गरि बाध्यतामा मेरो
सिउँदो  भरेको मान्छे म, जे गरे नि हुन्छ

चाहे जसलाई माया गर चाहे जसलाई प्रित
मन नपरेको मान्छे म, जे गरे नि हुन्छ

तिम्रो बनि फेरी फेरी एकै हुन्न सधै
पर सरेको मान्छे म, जे गरे नि हुन्छ

बाकी छैन अब केहि जोगाउन इज्जत
आफ्नैले हेरेको मान्छे म, जे गरे नि हुन्छ ।
The Adventures of Sherlock Holmes
.