अपराध गरेर अपराधी सरकारमा लुक्न जान्छ
लुटिसकेपछि गाउँ बजारमा लुक्न जान्छ 

जित्छु भन्दै खेल्दै घरबास उठेपछि
के गरोस् बदमास, कारागारमा लुक्न जान्छ 

आफू सहिद भएको खबर रेडियोमा सुनेदेखि
डराइरहन्छ प्रत्येक समाचारमा लुक्न जान्छ 

मुखिया हुँ भन्छ, बेथिति मिलाउँछु भन्छ
किन मुलुकको हरेक अत्याचारमा लुक्न जान्छ ?

No comments:

Post a Comment