किन होला बाच्न पनि, गाह्रो हुन थाल्यो जिबन
आफ्नो भन्दा अरुको नै, प्यारो हुन थाल्यो जिबन
जता फर्की छाम्दा पनि चट्टानै चट्टान जस्तो
आफैलाइ फोड्नु पर्ने, सारो हुन थाल्यो जिबन
सबैलाई दुखाउने, रुवाउने सबैलाई
आँखामा बिजाउने, छारो हुन थाल्यो जि बन
न त बगी दिन्छ कतै, न त अडी दिन्छ
ठोस हो कि तरल हो, पारो हुन थाल्यो जिबन।
nice poem
ReplyDeletegreat poem
ReplyDeleteonline shop nepal