पैसा जति कमाए नि, आखिर काम त्यही त हो नि
ठुलो मान्छे भएं भन्छन, आखिर नाम त्यही त हो नि

यो देश गएं उ देश गएं रमाउदै बिदेश गएं
जुन देशमा गए जन्म्या, आखिर गाम त्यही त हो नि

जहां बाट भए पनि हेर्ने मात्र भए पछि
फेरिदैन कसैलाई नि, आखिर घाम त्यही त हो नि

धनि पिउलान गरीब पिउलान मात्र फरक ठाउं होला
पिए पछि लाग्ने एउटै, आखिर जाम त्यही त हो नि ।