राती राती भए पनि घाम आउँछ रे तिम्रो घरमा
परदेशीकै भए पनि खाम आउँछ रे तिम्रो घरमा ।

धेरै रैछन् नातागोता धेरै रैछन् चिनजानका
त्येसैले त नयाँ नयाँ काम आउछ रे तिम्रो घरमा ।

पूजापाठ गर्नलाई मन्दिर को त कुरै छोडौँ
खोज्दै खोज्दै तिम्लाई चारै धाम आउँछ रे तिम्रो घरमा ।

सुनेको छु सुख मानी साथ दिने पाइला पाइला
आज भोलि कलियुगका राम आउँछ रे तिम्रो घरमा ।

No comments:

Post a Comment