जिउदै मरेको मान्छे म, जे गरे नि  हुन्छ
हेला गरेको मान्छे म, जे गरे नि हुन्छ

अरु संग बाचा गरि बाध्यतामा मेरो
सिउँदो  भरेको मान्छे म, जे गरे नि हुन्छ

चाहे जसलाई माया गर चाहे जसलाई प्रित
मन नपरेको मान्छे म, जे गरे नि हुन्छ

तिम्रो बनि फेरी फेरी एकै हुन्न सधै
पर सरेको मान्छे म, जे गरे नि हुन्छ

बाकी छैन अब केहि जोगाउन इज्जत
आफ्नैले हेरेको मान्छे म, जे गरे नि हुन्छ ।
The Adventures of Sherlock Holmes
.

No comments:

Post a Comment