राती राती भए पनि घाम आउंछरे तिम्रो घरमा
परदेशीकै भए पनि खाम आउंछरे तिम्रो घरमा

धेरै रैछन नाता गोता धेरै रैछन चिनजानका
त्यसैलेत नया नया काम आउंछरे तिम्रो घरमा

पुजा पाठ गर्नलाई मन्दिर धाउन पर्ने रैन्छ
खोज्दै खोज्दै तिम्लाई चारै धाम आउंछरे तिम्रो घरमा

सुनेको छु तिमीलाई साथदिन पाइला पाइला
आज भोली कलि युगका राम आउंछरे तिम्रो घरमा ।

Kindle Wireless Reading Device, Wi-Fi, Graphite, 6" Display with New E Ink Pearl Technology
जिन्दगीमा बगाउ म आँसु कतिनजेल

मृत्यू सैया माथी बसि हाँसु कतिनजेल


निस्टुरी को झुटो माया सम्झि सम्झि एकान्तमा

निर्जिब तस्बिर छाती माझ टाँसु कतिनजेल


पुरानो भै मैले देको माया च्यातियो रे

नजोडिने नाता तानि गाँसु कतिनजेल


यादै यादमा सारा जिबन अल्झाएर रािख

आफ्नो घरबार आफैले नै नाँसु कतिनजेल ।



घरि घरि नहेर न माया लाग्छ फेरि

मन परि नहेर न माया लाग्छ फेरि


कहिले यता कहिले उता लुका मारि जस्तो

सरि सरि नहेर न माया लाग्छ फेरि


लजाएर निहुरि दिन्छौ छिन्मै रिसाए झै

आंखा तरि नहेर न माया लाग्छ फेरि


अरुसगं बोल्छौ तर नजर मलाई छड्के

गरि गरि नहेर न माया लाग्छ फेरि ।


 
तिमी लाई सम्झि पागल-पागल हुने मन गर्दैछ  

एकान्तमा बसि एक्लै-एक्लै रुने मन गर्दैछ  



साच्चै तिमी क्षितिज बन्यौ टाढा बाट मात्र देख्ने

त्यही क्षितिज बनि तिमी-तिमी छुने मन गर्दैछ



आँशु पिउने हरु देख्छु कति मिठो हुन्छ होला

त्यस्तै आँशु बगाई आँखा-आँख धुने मन गर्दैछ



मैले कसम खाएको छु सबै सगं टाढा हुने

मिल्ने भए तिमी सगं-संगै  जाने मन गर्दैछ

nepaldekhinepalsamma@gmail.com
जसरि नि माया लाउछु भन्छिन उनि
श्रीमती छिन मेरी तर आउछु भन्छिन उनि

जे गरे नि मलाई पाउनु नै पर्ने
जसरी नि आफ्नो बनाउछु भन्छिन उनि

म भन्दा नि पर रंगिन छ दुनिया
तर मेरै जीवन सजाउछु भन्छिन उनि

अब देखि मेरो हुनु भयो हजुर भनि
जहाँ भेटे पनि लजाउछु भन्छिन उनि

nepaldekhinepalsamma@gmail.com