जिन्दगीमा बगाउ म आँसु कतिनजेल

मृत्यू सैया माथी बसि हाँसु कतिनजेल


निस्टुरी को झुटो माया सम्झि सम्झि एकान्तमा

निर्जिब तस्बिर छाती माझ टाँसु कतिनजेल


पुरानो भै मैले देको माया च्यातियो रे

नजोडिने नाता तानि गाँसु कतिनजेल


यादै यादमा सारा जिबन अल्झाएर रािख

आफ्नो घरबार आफैले नै नाँसु कतिनजेल ।


1 comment:

  1. साहित्यको पारखी हुनु हुदो रहेछ, हजुरको गजलहरु धेरै राम्रो लाग्यो, म गजल को फ्यान नै हो। आफ्नो लेखन कार्य जारि राख्नु होला। सायद हजुर पनि बुलबुल (jyaalo fm www.unn.com.np) सुन्नु हुन्छ होला।

    ReplyDelete