तिम्रो जस्तो बाचा मैले गरे कति संग
दिन रातै बाचे अनि मरे कति संग

उदाउने घाम हेरि कति फुल फुले
डुबि जाने जुन सरि झरे कति संग

ईच्छा छैन तिमीले झै माया गर्ने मेरो
प्यास लाग्दा मनमा पानी  भरे कति संग

नदी जस्तै भेल आए कति जिन्दगीमा
कतिलाई छोडि दिए तरे कति संग ।









Water for Elephants

No comments:

Post a Comment