जसरि नि माया लाउछु भन्छिन उनि
श्रीमती छिन मेरी तर आउछु भन्छिन उनि
जे गरे नि मलाई पाउनु नै पर्ने
जसरी नि आफ्नो बनाउछु भन्छिन उनि
म भन्दा नि पर रंगिन छ दुनिया
तर मेरै जीवन सजाउछु भन्छिन उनि
अब देखि मेरो हुनु भयो हजुर भनि
जहाँ भेटे पनि लजाउछु भन्छिन उनि
nepaldekhinepalsamma@gmail.com
भएको कुरा,काहानी हुदैन
साहित्यमा भाव बग्छ, पानी हुदैन
फुल टिप्न माला उन्न बाग हुनु पर्छ
जो पनि माली भए, वाग्वनी हुदैन
बेला भए पछि मात्र फूल फुल्छ जता पनि
मन लागेर आउने, जवानी हुदैन
धैर्य भन्दा अघि पनि धेरै कुरा हुन्छ
जीवन अमर भए, खरानी हुदैन
जरा जरा फक्रेका छन अरु भन्दा अग्लिएर
कांडा पनि नफुली, राजधानी हुदैन ।nepaldekhinepalsamma@gmail.com
एकादेशमा होईन गजल, काहानी बन्नलाई
नरम छैन साहित्य, पानी बन्नलाई
जुनसुकै मौसममा फुल्न सक्छ फूल
सक्षम हुनुपर्छ माली, वागवानी बन्नलाई
हिजैदेखि हिड्यो यहाँ त्यतातिर भोलि?
आजै रोपौं विजहरु, जवानी बन्नलाई
सकिन्छ भने शस्त्र हानौ आगैआगो फाल्नेगरी
कमजोर छैन कलम, खरानी बन्नलाई
खेती होईन काठ्माडौंमा डाली डाली फुलेकोछ
कांडाहरु फक्रेका छन्, राजधानी बन्नलाई।nepaldekhinepalsamma@gmail.com
मायालुलाई संदेश
के पठाऊ मेरी, मायालुलाई संदेश
उस्तै उस्तै फेरी, मायालुलाई संदेश
मिठो माया पठाऊ की चोखो माया पठाऊ
न्यानो अंगालोमा बेरी, मायालुलाई संदेश
पत्र माझ के लेखु ,के लेखि पठाऊ
मनको रगतले केरी, मायालुलाई संदेश
जहाँ पनि उनि देख्छु के भनि पठाऊ
टाडा नजिक हुदा खेरि, मायालुलाई संदेश
कसरि पठाऊ भयो कसरि पठाऊ
आखैले हेरी हेरी, मायालुलाई संदेश।
उस्तै उस्तै फेरी, मायालुलाई संदेश
मिठो माया पठाऊ की चोखो माया पठाऊ
न्यानो अंगालोमा बेरी, मायालुलाई संदेश
पत्र माझ के लेखु ,के लेखि पठाऊ
मनको रगतले केरी, मायालुलाई संदेश
जहाँ पनि उनि देख्छु के भनि पठाऊ
टाडा नजिक हुदा खेरि, मायालुलाई संदेश
कसरि पठाऊ भयो कसरि पठाऊ
आखैले हेरी हेरी, मायालुलाई संदेश।
Subscribe to:
Posts (Atom)