तिमी मेरो मन, मित्र शुभकामना
त्यसैले नै मन, भित्र शुभकामना

र्दुभावना कुभावना हट्ने छन् अब देखी
त्यसैले होस मन, पबित्र शुभकामना

बिना कारण ठक्कर मिल्छ दाग लागे पछी
त्यसैलेहोस सफा मन, चरित्र
शुभकामना

नयां नेपाल, नयां बिचार, नयां बनोस जिन्दगानी
त्यसैले होस नयां मन, सचित्र शुभकामना
पैसा जति कमाए नि, आखिर काम त्यही त हो नि
ठुलो मान्छे भएं भन्छन, आखिर नाम त्यही त हो नि

यो देश गएं उ देश गएं रमाउदै बिदेश गएं
जुन देशमा गए जन्म्या, आखिर गाम त्यही त हो नि

जहां बाट भए पनि हेर्ने मात्र भए पछि
फेरिदैन कसैलाई नि, आखिर घाम त्यही त हो नि

धनि पिउलान गरीब पिउलान मात्र फरक ठाउं होला
पिए पछि लाग्ने एउटै, आखिर जाम त्यही त हो नि ।