अपराध गरेर अपराधी सरकारमा लुक्न जान्छ
लुटिसकेपछि गाउँ बजारमा लुक्न जान्छ 

जित्छु भन्दै खेल्दै घरबास उठेपछि
के गरोस् बदमास, कारागारमा लुक्न जान्छ 

आफू सहिद भएको खबर रेडियोमा सुनेदेखि
डराइरहन्छ प्रत्येक समाचारमा लुक्न जान्छ 

मुखिया हुँ भन्छ, बेथिति मिलाउँछु भन्छ
किन मुलुकको हरेक अत्याचारमा लुक्न जान्छ ?
अमन चयन चाहिन्छ शान्ती चाहिन्छ
उमेर अनुसार बाच्न आफन्ती चाहिन्छ 

मर्न एक्लै बाच्न एक्लै सकिने
तर बिवाह गर्दा किन जन्ती चाहिन्छ 

खोइ कुरा बुजेको नारा लाउदैमा देश बन्दैन
पढ्नु पर्छ पाढाउनु पर्छ शिक्षामा क्रान्ती चाहिन्छ

साचो हो मूर्ख हरुले ईतिहास मेटाउदा रहेछन
बुझियो घरभित्र पनि बाबू सामन्ती चाहिन्छ ।
एकान्तमा तिम्रो जस्तै बोली गुनगुन सुनेँ
उधारेर अलिकति खोली गुनगुन सुनेँ

रमाइला क्रियाकलाप याकलाप खास हुने रैछ
उतारिने गुन्यु अनि चोली गुनगुन सुनेँ 

कसैलार्ई कालो अनि कसैलार्ई रङ्गीन
रात विशेष फेरि हुने भोली गुनगुन सुनेँ

कत्ति धेरै रिस गर्यौ कत्ति धेरै डाहा
मेरै नाम पुकारेर गाली गुनगुन सुनेँ ।
आफ्नै मनसँग दूर भएपछि
ऊ सहर पसेको हो, मजबुर भएपछि

रैती बन्दाबन्दै ज्यान गुमाउनुपर्‍यो
यहाँका राजाहरू क्रुर भएपछि 

पर्दा उठेको र खसेको पत्तै नहुने रैछ
तिमीले दिने मनोरञ्जन भरपुर भएपछि 

मलार्ई जेल भित्र बस्न बाध्य पारियो
प्यार गर्न नजानेको उजुर भएपछि ।



तिम्रो सपना पनि रहर लाग्दो रहेछ
यसले त मलार्ई खाडी पुर्‍याउँदो रहेछ 

यी भिडहरूले केही खोजिरहेको देखिन्छ
यहाँ पैसा फल्छ भनेर कस्ले सुनाउँदो रहेछ
 
बस्तीमा पसेका स्यालहरुले बिजोग गरिसके
सिंह गर्जदैन हेरौ कानुन कस्ले बनाउँदो रहेछ
 
बाँच्नु  मात्र पर्छ सब देखिन्छ भन्थे
अचेल मान्छेसँग मान्छे डराउँदो रहेछ ।