एकान्तमा तिम्रो जस्तै बोली गुनगुन सुनेँ
उधारेर अलिकति खोली गुनगुन सुनेँ

रमाइला क्रियाकलाप याकलाप खास हुने रैछ
उतारिने गुन्यु अनि चोली गुनगुन सुनेँ 

कसैलार्ई कालो अनि कसैलार्ई रङ्गीन
रात विशेष फेरि हुने भोली गुनगुन सुनेँ

कत्ति धेरै रिस गर्यौ कत्ति धेरै डाहा
मेरै नाम पुकारेर गाली गुनगुन सुनेँ ।

No comments:

Post a Comment