Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

भएको कुरा,काहानी हुदैन

साहित्यमा भाव बग्छ, पानी हुदैन


फुल टिप्न माला उन्न बाग हुनु पर्छ

जो पनि माली भए, वाग्वनी हुदैन


बेला भए पछि मात्र फूल फुल्छ जता पनि

मन लागेर आउने, जवानी हुदैन


धैर्य भन्दा अघि पनि धेरै कुरा हुन्छ

जीवन अमर भए, खरानी हुदैन


जरा जरा फक्रेका छन अरु भन्दा अग्लिएर

कांडा पनि नफुली, राजधानी हुदैन ।

nepaldekhinepalsamma@gmail.com

एकादेशमा होईन गजल, काहानी बन्नलाई

नरम छैन साहित्य, पानी बन्नलाई


जुनसुकै मौसममा फुल्न सक्छ फूल

सक्षम हुनुपर्छ माली, वागवानी बन्नलाई


हिजैदेखि हिड्यो यहाँ त्यतातिर भोलि?

आजै रोपौं विजहरु, जवानी बन्नलाई


सकिन्छ भने शस्त्र हानौ आगैआगो फाल्नेगरी

कमजोर छैन कलम, खरानी बन्नलाई


खेती होईन काठ्माडौंमा डाली डाली फुलेकोछ

कांडाहरु फक्रेका छन्, राजधानी बन्नलाई

nepaldekhinepalsamma@gmail.com

मायालुलाई संदेश

के पठाऊ मेरी, मायालुलाई संदेश
उस्तै उस्तै फेरी, मायालुलाई संदेश

मिठो माया पठाऊ की चोखो माया पठाऊ
न्यानो अंगालोमा बेरी, मायालुलाई संदेश

पत्र माझ के लेखु ,के लेखि पठाऊ
मनको रगतले केरी, मायालुलाई संदेश

जहाँ पनि उनि देख्छु के भनि पठाऊ
टाडा नजिक हुदा खेरि, मायालुलाई संदेश

कसरि पठाऊ भयो कसरि पठाऊ
आखैले हेरी हेरी, मायालुलाई संदेश
कत्ति धेरै सम्झना मा, आई रंछौ तिमी
मुटु भित्र बसी मुटु, खाई रंछौ तिमी

बिदा वारी भै गयौ अर्कै मान्छे संग
तर पनि मनमा माया, लाई रंछौ तिमी

फेरी फेरी पनि तेस्तै भेट हुन्छ जस्तो
गरि एकान्त मा पनि, झस्काई रंछौ तिमी

साच्चै अलग अलग भयो हाम्रो जिन्दगानी
किन याद भित्र पनि, सताई रंछौ तिमी।


तिमी मेरो मन, मित्र शुभकामना
त्यसैले नै मन, भित्र शुभकामना

र्दुभावना कुभावना हट्ने छन् अब देखी
त्यसैले होस मन, पबित्र शुभकामना

बिना कारण ठक्कर मिल्छ दाग लागे पछी
त्यसैलेहोस सफा मन, चरित्र
शुभकामना

नयां नेपाल, नयां बिचार, नयां बनोस जिन्दगानी
त्यसैले होस नयां मन, सचित्र शुभकामना
पैसा जति कमाए नि, आखिर काम त्यही त हो नि
ठुलो मान्छे भएं भन्छन, आखिर नाम त्यही त हो नि

यो देश गएं उ देश गएं रमाउदै बिदेश गएं
जुन देशमा गए जन्म्या, आखिर गाम त्यही त हो नि

जहां बाट भए पनि हेर्ने मात्र भए पछि
फेरिदैन कसैलाई नि, आखिर घाम त्यही त हो नि

धनि पिउलान गरीब पिउलान मात्र फरक ठाउं होला
पिए पछि लाग्ने एउटै, आखिर जाम त्यही त हो नि ।