Thursday, August 11, 2011

किन होला बाच्न  पनि, गाह्रो हुन थाल्यो  जिबन
आफ्नो भन्दा अरुको नै, प्यारो हुन थाल्यो  जिबन 
 
जता फर्की छाम्दा  पनि चट्टानै चट्टान जस्तो
आफैलाइ फोड्नु पर्ने, सारो हुन थाल्यो  जिबन
 
सबैलाई दुखाउने, रुवाउने सबैलाई
आँखामा बिजाउने, छारो हुन थाल्यो  जिबन 
 
न त बगी दिन्छ कतै, न त अडी दिन्छ 
ठोस हो कि तरल हो, पारो हुन थाल्यो  जिबन

Thursday, July 14, 2011

भेट्दिन भन्छ्यौ म त, हेरि चित्त बुझाउछु
पहिले जस्तो थिए त्यस्तै, फेरि चित्त बुझाउछु


तिमी टाडा भए पनि यादहरु म संग नै छ
त्यसैलाई अंगालोमा, बेरि चित्त बुझाउछु


भाग्यमा जो लेखिएको हुन्छ त्यहि मात्र
तिमी होइनौ रै छ भनि, मेरि चित्त बुझाउछु


छैन जिन्दगिमा अरु अघि पछि तिमी भन्दा
एक्लो जिवन, आफ्नै गला, सेरि चित्त बुझाउछु ।

Monday, May 30, 2011

तिम्रो जस्तो बाचा मैले गरे कति संग
दिन रातै बाचे अनि मरे कति संग

उदाउने घाम हेरि कति फुल फुले
डुबि जाने जुन सरि झरे कति संग

ईच्छा छैन तिमीले झै माया गर्ने मेरो
प्यास लाग्दा मनमा पानी  भरे कति संग

नदी जस्तै भेल आए कति जिन्दगीमा
कतिलाई छोडि दिए तरे कति संग ।









Water for Elephants

Monday, February 21, 2011

हुन्छ भने तिमीलाई, लिएर जान्छु
हुन्न भने मुटु फिर्ता, दिएर जान्छु

तिमी देखि छुट्टिएर बाच्नु ब्यर्थ हुन्छ
आफ्नै हातले पिलाउ बिष, पिएर जान्छु

तिम्रो लागी केहि, गर्न नसके नि
जबर जस्ति पागल, भएर जान्छु

समयको चक्र जति घुमे पनि
कहिले नभेटिने कसम, खाएर जान्छु ।


Sigh No More


Friday, February 04, 2011

जिउदै मरेको मान्छे म, जे गरे नि  हुन्छ
हेला गरेको मान्छे म, जे गरे नि हुन्छ

अरु संग बाचा गरि बाध्यतामा मेरो
सिउँदो  भरेको मान्छे म, जे गरे नि हुन्छ

चाहे जसलाई माया गर चाहे जसलाई प्रित
मन नपरेको मान्छे म, जे गरे नि हुन्छ

तिम्रो बनि फेरी फेरी एकै हुन्न सधै
पर सरेको मान्छे म, जे गरे नि हुन्छ

बाकी छैन अब केहि जोगाउन इज्जत
आफ्नैले हेरेको मान्छे म, जे गरे नि हुन्छ ।
The Adventures of Sherlock Holmes
.

Thursday, January 27, 2011

राती राती भए पनि घाम आउंछरे तिम्रो घरमा
परदेशीकै भए पनि खाम आउंछरे तिम्रो घरमा

धेरै रैछन नाता गोता धेरै रैछन चिनजानका
त्यसैलेत नया नया काम आउंछरे तिम्रो घरमा

पुजा पाठ गर्नलाई मन्दिर धाउन पर्ने रैन्छ
खोज्दै खोज्दै तिम्लाई चारै धाम आउंछरे तिम्रो घरमा

सुनेको छु तिमीलाई साथदिन पाइला पाइला
आज भोली कलि युगका राम आउंछरे तिम्रो घरमा ।

Kindle Wireless Reading Device, Wi-Fi, Graphite, 6" Display with New E Ink Pearl Technology

Thursday, January 20, 2011

जिन्दगीमा बगाउ म आँसु कतिनजेल

मृत्यू सैया माथी बसि हाँसु कतिनजेल


निस्टुरी को झुटो माया सम्झि सम्झि एकान्तमा

निर्जिब तस्बिर छाती माझ टाँसु कतिनजेल


पुरानो भै मैले देको माया च्यातियो रे

नजोडिने नाता तानि गाँसु कतिनजेल


यादै यादमा सारा जिबन अल्झाएर रािख

आफ्नो घरबार आफैले नै नाँसु कतिनजेल ।


Tuesday, January 04, 2011


घरि घरि नहेर न माया लाग्छ फेरि

मन परि नहेर न माया लाग्छ फेरि


कहिले यता कहिले उता लुका मारि जस्तो

सरि सरि नहेर न माया लाग्छ फेरि


लजाएर निहुरि दिन्छौ छिन्मै रिसाए झै

आंखा तरि नहेर न माया लाग्छ फेरि


अरुसगं बोल्छौ तर नजर मलाई छड्के

गरि गरि नहेर न माया लाग्छ फेरि ।


 

Wednesday, December 29, 2010

तिमी लाई सम्झि पागल-पागल हुने मन गर्दैछ  

एकान्तमा बसि एक्लै-एक्लै रुने मन गर्दैछ  



साच्चै तिमी क्षितिज बन्यौ टाढा बाट मात्र देख्ने

त्यही क्षितिज बनि तिमी-तिमी छुने मन गर्दैछ



आँशु पिउने हरु देख्छु कति मिठो हुन्छ होला

त्यस्तै आँशु बगाई आँखा-आँख धुने मन गर्दैछ



मैले कसम खाएको छु सबै सगं टाढा हुने

मिल्ने भए तिमी सगं-संगै  जाने मन गर्दैछ

nepaldekhinepalsamma@gmail.com
जसरि नि माया लाउछु भन्छिन उनि
श्रीमती छिन मेरी तर आउछु भन्छिन उनि

जे गरे नि मलाई पाउनु नै पर्ने
जसरी नि आफ्नो बनाउछु भन्छिन उनि

म भन्दा नि पर रंगिन छ दुनिया
तर मेरै जीवन सजाउछु भन्छिन उनि

अब देखि मेरो हुनु भयो हजुर भनि
जहाँ भेटे पनि लजाउछु भन्छिन उनि

nepaldekhinepalsamma@gmail.com

Thursday, December 09, 2010

भएको कुरा,काहानी हुदैन

साहित्यमा भाव बग्छ, पानी हुदैन


फुल टिप्न माला उन्न बाग हुनु पर्छ

जो पनि माली भए, वाग्वनी हुदैन


बेला भए पछि मात्र फूल फुल्छ जता पनि

मन लागेर आउने, जवानी हुदैन


धैर्य भन्दा अघि पनि धेरै कुरा हुन्छ

जीवन अमर भए, खरानी हुदैन


जरा जरा फक्रेका छन अरु भन्दा अग्लिएर

कांडा पनि नफुली, राजधानी हुदैन ।

nepaldekhinepalsamma@gmail.com

एकादेशमा होईन गजल, काहानी बन्नलाई

नरम छैन साहित्य, पानी बन्नलाई


जुनसुकै मौसममा फुल्न सक्छ फूल

सक्षम हुनुपर्छ माली, वागवानी बन्नलाई


हिजैदेखि हिड्यो यहाँ त्यतातिर भोलि?

आजै रोपौं विजहरु, जवानी बन्नलाई


सकिन्छ भने शस्त्र हानौ आगैआगो फाल्नेगरी

कमजोर छैन कलम, खरानी बन्नलाई


खेती होईन काठ्माडौंमा डाली डाली फुलेकोछ

कांडाहरु फक्रेका छन्, राजधानी बन्नलाई

nepaldekhinepalsamma@gmail.com

Tuesday, December 07, 2010

मायालुलाई संदेश

के पठाऊ मेरी, मायालुलाई संदेश
उस्तै उस्तै फेरी, मायालुलाई संदेश

मिठो माया पठाऊ की चोखो माया पठाऊ
न्यानो अंगालोमा बेरी, मायालुलाई संदेश

पत्र माझ के लेखु ,के लेखि पठाऊ
मनको रगतले केरी, मायालुलाई संदेश

जहाँ पनि उनि देख्छु के भनि पठाऊ
टाडा नजिक हुदा खेरि, मायालुलाई संदेश

कसरि पठाऊ भयो कसरि पठाऊ
आखैले हेरी हेरी, मायालुलाई संदेश

Thursday, February 25, 2010

कत्ति धेरै सम्झना मा, आई रंछौ तिमी
मुटु भित्र बसी मुटु, खाई रंछौ तिमी

बिदा वारी भै गयौ अर्कै मान्छे संग
तर पनि मनमा माया, लाई रंछौ तिमी

फेरी फेरी पनि तेस्तै भेट हुन्छ जस्तो
गरि एकान्त मा पनि, झस्काई रंछौ तिमी

साच्चै अलग अलग भयो हाम्रो जिन्दगानी
किन याद भित्र पनि, सताई रंछौ तिमी।

Thursday, September 24, 2009



तिमी मेरो मन, मित्र शुभकामना
त्यसैले नै मन, भित्र शुभकामना

र्दुभावना कुभावना हट्ने छन् अब देखी
त्यसैले होस मन, पबित्र शुभकामना

बिना कारण ठक्कर मिल्छ दाग लागे पछी
त्यसैलेहोस सफा मन, चरित्र
शुभकामना

नयां नेपाल, नयां बिचार, नयां बनोस जिन्दगानी
त्यसैले होस नयां मन, सचित्र शुभकामना

Tuesday, August 25, 2009

पैसा जति कमाए नि, आखिर काम त्यही त हो नि
ठुलो मान्छे भएं भन्छन, आखिर नाम त्यही त हो नि

यो देश गएं उ देश गएं रमाउदै बिदेश गएं
जुन देशमा गए जन्म्या, आखिर गाम त्यही त हो नि

जहां बाट भए पनि हेर्ने मात्र भए पछि
फेरिदैन कसैलाई नि, आखिर घाम त्यही त हो नि

धनि पिउलान गरीब पिउलान मात्र फरक ठाउं होला
पिए पछि लाग्ने एउटै, आखिर जाम त्यही त हो नि ।